महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती मनाइँदै

काठमाडौं,
कार्तिक २९ ।

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि।सं। १९६६ लक्ष्मीपूजाकै दिन विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्लीबजारमा जन्म भएको हो । उहाँको काठमाडौंको डिल्लीबजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उहाँको सम्झना गरिँदैछ । यस वर्ष कोरोना भाइरस (कोभिड-१९)का कारण औपचारिक कार्यक्रम नभए पनि विभिन्न भचुर्अल तथा अनौपचारिक कार्यक्रम मार्फत लक्ष्मी जयन्ती मनाइँदै छ ।

नेपाली साहित्य अनि वांगमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जनी, शकुन्तलाजस्ता कृती रहेका छन् । वि. सं. २०१६ सालमा उहाँ यो संसारबाट बिदाहुनु भएको थियो ।

सानै उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा उहाँ स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक पनि हुनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सांकृृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

२०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराउनु र वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

यसमा तपाइको मत

अन्य समाचार