कविताः लज्जावन्ती

✍️ सानु शाही पुलामी
रामेछाप,
कार्तिक २९ ।

ऊ हिँडेको तरङ्गले
परिवेश नै रङ्गीन बनायो
पवन समेत धेरैवेर अल्मलिएछ
घाम पनि टक्क रोकिएछ
चारो टिप्दै गरेका चराका चुच्चाहरू
त्यसरी नै रोकिएछन्
जसरी कुनै लामो सफरपछि
छुकछुक गर्दै एउटा रेल स्टेसनमा आएर
धिमा गतिमा रोकिन्छ
र खुइइयअ गर्छ,

सम्झनाका रुमालहरू पट्याएर
मैले हृदयका चोटा कोठामा राखेको छु
मुस्कानका बिस्कुनहरू उठाएर
मायाका अनिकालहरूलाई पनि साँचेको छु
दिन
महिना
वर्ष
दशक
शताब्दी
र सहस्राब्दी
अनन्त समय कसैले कसैलाई
सकारण पर्खिन सक्छ
तर प्रतीक्षाको प्रमाण भने पु¥याउन सक्दैन,

उसले छाडेर गएकी ठाउँमा
अनायासै हिजोआज लज्जावन्ती
उम्रेको
बढेको
र फूलेको रहेछ,

कताकता ऊ मलाई
त्यही एकझोक्का पवन
एक हेराइ दृष्टिमै
लजाउने लज्जावन्तीझैँ लाग्छ
मोरीको हिस्सी परेको अनुहार
किनकिन असाध्यै प्यारो लाग्छ ?

यसमा तपाइको मत

अन्य समाचार