पोस्ट प्रोडक्सनमा ‘तलाश’

काठमाडौं,
कार्तिक २५ ।

चलचित्र ‘तलाश’को यतिबेला छायाँकन सकाएर पोस्ट प्रोडक्सनको काम भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्मसले निर्माण गरेको चलचित्रमा दिनेश लिङदेन र हस्त लिवाङको संयुक्त निर्देशन छ ।

चलचित्रमा एलिना बासकोटा, राजकुमार लिङ्देन, सोम लामा, दीलिप ठकुरी, विमला खजुम, अजय खडका, हस्त लिवाङ, अन्जिता नेम्वाङ, विमल ढुङ्गेल, विक्रम धिमाल, मुकेश कालिकोटे, कल्याण राई, दावा शेर्पा, सागर केरुङ, पुन्य ओझा, मिङ्मा शेर्पा र प्रिती योगीको अभिनय छ । यो चलचित्रबाट विमला खजुम, अन्जिता नेम्बाङ र दावा शेर्पा अभिनयमा डेब्यू गर्दैछन् ।

चलचित्रमा रोशन वान्तवा राईको सङ्गीत, विक्रम डिसीको छायांकन, पुन्य ओझाको द्वन्द्व र दिनेश माङमुको नृत्य छ । नारी हिंसाको विरुद्धको कथालाई प्रस्तुत गरिएको चलचित्रमा दिनेश लिङ्देनको लेखन छ ।

 

यसमा तपाइको मत

अन्य समाचार