‘आइसक्रिम’ ले जित्यो दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं,
कार्तिक २३ ।

सञ्चारकर्मी तथा निर्देशक संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ले अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल २०२० मा दुई महत्वपूर्ण अवार्ड जित्न सफल भएको छ । संगीताको फिल्मले बेस्ट चाइल्ड एक्टर तथा बेस्ट एडिटरको महत्वपूर्ण अवार्ड जित्न सफल भएको हो ।

निर्देशक श्रेष्ठका अनुसार उत्तः फिल्म तीन भिन्न उत्कृष्ट विधाहरुमा मनोनित भएको थियो । उक्त फिल्म बेस्ट स्क्रिनप्लेट, बेस्ट फिल्म तथा बेस्ट डाइरक्सन विधामा पनि मनोनित भएको थियो । निर्देशक श्रेष्ठले दुई वष्टा अवार्ड जितेको क्षणलाई गौरवाशाली भन्दै खुशीयाली व्यक्त गरेकी छिन् ।

उक्त फिल्म फेस्टिभलको पहिलो दिन गत नोभेम्वर ३ मा प्रदर्शन गरिएको थियो । उक्त फेस्टिभल नोभेम्बर ३ देखि ८ सम्म आयोजना भएको हो ।

लघु चलचित्र ‘आइसक्रिम’ बाल यौन शोषणमा आधारित छ । कोरोना महामारीका कारण भर्चुअल रुपमा हुने फेस्टिभलमा पहिलो दिन नै आफ्नो फिल्म स्क्रिनिङ हुन लागेको निर्देशक श्रेष्ठले बताईन् । ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रदर्शनका लागि छनौट हुँदा नै निकै खुशी थिएँ, निर्देशक श्रेष्ठ भन्छिन् ‘महोत्स्वमा प्रदर्शन भएर अवार्ड नै जितेकोमा थप खुशी छ । मैले उठान गरेको विषय संसारभरी पुगेकोमो थप उत्साहित छु ।’

सडकमा पैसा माग्दै हिँड्ने एक बालिकाको कथा यो फिल्मा समेटिएको छ । समाजको अँध्यारो पक्षलाई समेटेर आफुले फिल्म बनाएको श्रेष्ठले बताएकी छिन् । उनी भन्छिन् ‘यो फेस्टिभलले पनि समाजको अँध्यारो पाटो उजागर गर्ने चलचित्रहरु खोजेको थियो । आइसक्रिमले हाम्रो समाजका छोरीहरु बलात्कार, यौन शोषणमा कसरी पर्छन् भन्ने देखाएको छ । हाम्रा छोरीहरुलाई हामीले यस किसिमको अपराधबाट बचाउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनेको छ ।’

श्रेष्ठका अनुसार यो फिल्म अमेरिकाको बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल, बेलायतको फस्ट टाइम फिल्ममेकर सेसन्स, इटालीको इन्टिमलेन्ट फिल्म फेस्टिभल र नेपालको मानव अधिकार फिल्म फेस्टिभल २०२० मा छनोट भइसकेको छ । यद्यपि, पहिलो स्क्रिनिङ भने अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभलमा हुने भएको हो । नौ मिनेट लामो फिल्ममा भूमिका योगिशा खत्रीले मूख्य भूमिका निभाएकी छन् ।

यसमा तपाइको मत

अन्य समाचार