कविता : ख्याल

✍️ पेशल आचार्य
काठमाडौं,
कार्तिक २२ ।

सुस्तरी चलेको हावाले
मलाई सुम्सुम्याएर गएछ
बल्ल पो ख्याल भो,

तिमीले सम्झेछ्यौ कि क्या हो
बाडुलीमा पटकपटक
फुर्सद मिलेका बेला सोचेँ
अहिले पो ख्याल भो,

सम्झनाका तिजोरीहरूमा
बँचाएर राखेका ती गाडधनहरू
जीवनका अतितमा काम लागेका थिए
ती भविष्यमा समेत चाँजोपाँचो मिलाउन आउने छन्
अहिले बल्ल ख्याल भो,

मैले ख्याल गर्न जबदेखि थालेँ नि
त्यही बेलादेखि हो
तिम्रो धेरै ख्याल गर्न थालेको
ख्याल ख्यालैमा
ख्याल गर्दा गर्दै
अहिले त झन्झन् ख्याल गर्न पो
मन लाग्दो रहेछ
कसैलाई धेरैभन्दा धेरै ख्याल चाहिँ
हाम्रो मनले पो गर्दो रहेछ ।

यसमा तपाइको मत

अन्य समाचार