सुरेन्द्र महर्जन ‘अमर’ को सताइसौं कृति एल्बम ‘दर्पण’ सार्वजनिक

काठमाडौं,
कार्तिक २० ।

कवि, गीतकार एवम् साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को पछिल्लो एल्बम ‘दर्पण’ सार्वजनिक गरिएको छ । राजधानीमा एक समारोहका बीच सामाजिक दुरी कायम गर्दै उनको सताइसौं कृति एल्बम ‘दर्पण’ सार्वजनिक गरिएको हो ।

ओएसनेपालको तर्फबाट विबेक कार्कीको सभापतित्वमा सम्पन्न उक्त एल्बममा एप्स टीभी नेपाल अफिसिएल मिडिया पाट्नर रहेको छ भने सहमिडिया पाट्नर गोर्खा लाइभ डट कम रहेको छ ।

कार्यक्रममा साहित्यकार सुरेन्द्र महर्जन अमरको कृति माथि म्युजिक डायरीका प्रधान सम्पादक पत्रकार तुलसी गिरी, एप्सप टीभी नेपालका प्रवन्ध निर्देशक राजु श्रेष्ठ, भिडियो निर्देशक तथा चलचित्र निर्देशक रोशन कुमार, एबीसी टेलिभिजनका पत्रकार कविर बुढा, वरिष्ठ पत्रकार पाशङ तामाङले आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

एल्बमभित्र रहेका गीतमा मेलिना राई, सुरेन्द्र महर्जन, राम कार्की, सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, बिज्ञान लामालगायतका स्वर रहेको छ ।

गीतहरूको सङ्गीत र एरेन्जरमा राम कार्की, पुष्कर सुनुवारको रहेकोे छ । एल्बम सार्वजनिक कार्यक्रम सञ्चालन गोर्खा लाइभ डट कम का सम्पादक दीपक गुरुङले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार