पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन

काठमाडौं,
कार्तिक १९ ।

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको असामयिक निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै आज (बुधबबार) बिहान ६ः२५ बजे सीता महराको निधन भएको अस्पतालले पुष्टि गरेको छ ।

महराको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विट गर्दै लेख्नुभएको छ, ‘प्रतिनिधिसभाका सदस्य एवम् पूर्वसभामुख माननीय श्री कृष्णबहादुर महराकी श्रीमती सीता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ । म दिवंगत सीता महराप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

सीता वि.सं. २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिनुभएको थियो । कृष्णबहादुर महरासँगै उहाँको २०३५ सालमा विवाह भएको थियो । उहाँका दुई छोरा र दुई छोरी छन् ।

यसमा तपाइको मत

अन्य समाचार