थप ३५ सय १७ जनामा कोरोना सङ्क्रमण

काठमाडौं,
कार्तिक १४ ।

शुक्रबार थप ३५ सय १७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार २३५ पुगेको छ । देशभर आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ९६ जना कोरोना सङ्क्रमित निको भएका छन् । हालसम्म एक लाख २८ हजार ९५८ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ९८९ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १४ लाख ३४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार १९० जना र होम आइसोलेसनमा ३१ हजार ३८७ जना छन् । आजसम्म देशभर दुई हजार ६६६ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने ३०० जना आईसीयूमा उपचाररत छन् ।

शुक्रबार काठमाडौं उपत्यकामा एक हजार ८८८ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार २४२ सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको हो । बिहीबार ११ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार