‘फ्रन्टलाइनर’को मनोबल बढाउन आवश्यक

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
कार्तिक १४ ।

कोरोना भाइरस (कोभिड-१९)ले हालसम्म विश्वका धेरै मानिसको ज्यान लिइसकेको छ । भाइरसलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन कुनै देशले सकेका छैनन् । विश्वव्यापी रूपमा फैलिरहेको यो भाइरस प्रभावले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेको छैन । यो भाइरसलाई प्राणघातक भाइरससमेत भनिन्छ । कोभिड-१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीमा सङ्क्रमणको जोखिम उच्च देखिएको छ । यो भाइरसबाट बच्ने सबैभन्दा महत्वपूर्ण र आधारभूत उपाय भनेकै सावधानी अपनाउनु हो । यसबाट बच्न सकिने उपाय भनेको सरसफाइमा ध्यान दिनुपर्छ । मास्क प्रयोग गर्न छोडनु हुँदैन । हातले नाक, मुख र ऑखा छुनु हुँदैन । बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुनुपर्छ । पोसिलो खानेकुरा खानुपर्छ ।

माछा, मासु राम्रोसँग पकाएर खानुपर्छ । भिडभाडमा सावधानी अपनाउनु पर्छ । सामाजिक दूरी कायम गर्नुपर्छ । सङ्क्रमित तथा रुघाखोकी लागेका व्यक्तिहरूको सम्पर्कमा रहनु हुँदैन । कोभिड विश्वव्यापी महामारी हो । यसबाट विश्वका अधिकांश देश प्रभावित छन् । त्यसमा पनि नेपालजस्ता विकासोन्मुख देशहरू सबैभन्दा बढी प्रभावित भइरहेको अवस्था छ । कोरोना सङ्क्रमितलाई क्वारेन्टाइन, आइसोलेसन र सेल्फ आइसोलेसनका अलावा उपचारका लागि सुविधायुक्त अस्पताललगायतका पूर्वाधार तयार गरिनुपर्छ ।

हालसम्म यो भाइरसबाट निको हुने औषधि बनेको छैन । विश्वका विभिन्न देशले औषधि निर्माण गरेर मानिसमा परीक्षण, अध्ययन गरिरहे पनि विश्व स्वास्थ्य सङरगठनले कुनै पनि औषधिलाई कोरोना भाइरसको औषधि भनेर मान्यता दिएको छैन । सरकारले मास्क, स्यानिटाइजर, पीपीईलगायत चिकित्सा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्छ ।

कोरोना भाइरसका कारण देशको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिकलगायत अन्य धेरै क्षेत्रमा समेत दूरगामी असर परिरहेको छ । अर्थतन्त्र संकुचित भएको छ । स्वदेशी तथा विदेशी लगानी रोकिएका छन् । उद्योगधन्दा धराशायी बन्दै गइरहेका छन् । बेरोजगार समस्या बढदै गइरहेको छ । लाखौ लाख विद्यार्थीहरूको भविष्य अन्योल छ । उपचारमा खटिने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको माग तत्काल सम्बोधन गर्नुपर्ने आबश्यकता देखिएको छ ।

प्रोत्साहन भत्ता, स्वास्थ्य वीमालाई प्रभावकारी रूपमा लागू गरौं । नेपालमा मात्र होइन विश्वमा नै स्वास्थ्यकर्मीहरू कोरोना भाइरससँग फ्रन्ट लाइनमा लडिरहनुभएको छ । यसरी अग्रपङ्क्तिमा रहेर लडिरहनुभएकाहरूको हामीले मनोबल बढाउन आवश्यक छ । तपाईं हामीलाई जोगाउन आफ्नो ज्यान हत्केलामा लिएर हिँडिरहेकाहरूलाई आदर, सम्मान गरौं ।

यसमा तपाइको मत

अन्य समाचार