कुरा मात्र गरेर देश बन्दैन

✍️डा. डीआर उपाध्याय
काठमाडौं,
कार्तिक १३ ।

कुनै पनि देश बिकासका लागि सुशासन नै प्रमुख सर्त हो । बिश्वका जुन सुकै देशको बिकास भएको छ, त्यो सुशासनका कारणले हो । जुन देशमा सुशासन कायम हुँदैन तीे देश बिकासको गतिमा पछाडी परेका छन् । त्यसैले अव नेपालको बिकास र समृद्धि गर्ने हो भने सुशासनलाई प्रमुख सर्त बनाऔं । सुशासन कायम गर्ने भनेको धेरै भयो, तर अहिले सम्म भ्रष्टाचारमा अलिकत पनि कमी आएको छैन ।

यस्तो भए पछि देश कसरी बन्छ ? चिन्ता लाग्ने बिषय यो हो । देशमा चाकरी-चाप्लुसीको राजनीति छ । परिवारवाद, नातावाद र कृपावादको राजनीतिले स्थान पाएको छ । हाम्रो मुलुक ७० वर्षको लामो सङ्घर्षका बाबजुद पनि अझै स्वाधीन, स्वावलम्बी, समृद्ध बन्न सकेन । दलहरुले मुलुकको ब्यवस्था बदल्न सके तर अवस्था बदल्न सकेनन् । यो कुरामा अझै बहस भईनै रहेको छ । ब्यवस्था बदलिएको छ, जनताको अवस्था उस्तै छ । यत्रो परिवर्तनको के मतलव । जव जनता खुशी र सुखी हुन सकेनन् भने ।

राजनीतिक दल र तीनका नेताहरूले जनता अल्मलाउने काम मात्र गरे । बास्तवमा देशमा जनताको चाहाना अनुसार काम हुन सकेनन् । पुराना दलहरू मात्र होइन, अहिले देखिएका नयाँ दल र तिनका नेताहरूले पनि मुलुक बनाउने विकल्प दिन सकेनन् । अव मुलुकलाई नयाँ भिजन र नयाँ मिसनसहितको राजनीतिक नेतृत्वको खाँचो छ । त्यसो भयो भने मात्र मुलुकको भाग्य र भविश्य निर्माण हुने छ । अव देश निर्माणका लागि मार्गचित्र कोर्न सक्ने भिजनरी नेता र योजनाविदको खाँचो छ ।

अव कुरा मात्र गरेर देश बन्दैन । देश बनाउन सवै एकजुट भएर लाग्नुपर्छ । अर्को कुरा, देश बनाउन भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्छ । जवसम्म देशमा भ्रष्टाचार हुन्छ, त्यस बेलासम्म देशको बिकास र समृद्धि हुन सक्दैन । यो बिषयमा सवै गम्भिर बनौं । भ्रष्टाचार भनेको देशको क्यान्सर हो । यसको समय छदै उपचार गरिएन भने जे पनि हुन सक्छ । अव हामी सवैले मुलुकलाई स्वावलम्बी, स्वाधीन र समृद्ध कसरी बनाउने भन्ने बिषयमा चिन्तन गरौं ।

यसमा तपाइको मत

अन्य समाचार