काठमाडौं उपत्यकामा ११ सय १० सहित थप २२ सय २५ जनामा कोरोना सङ्क्रमण

काठमाडौं,
कार्तिक ८ ।

शनिबार थप दुई हजार २२५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका योसहित कुल सङ्क्रमितको सङ्ख्या एक लाख ५५ हजार २३३ पुगेको छ । देशभर शनिबार सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ४६ हजार ५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । योसँगै हालसम्म एक लाख ८ हजार ३३४ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै हालसम्म १३ लाख ८० हजार ८६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार १८४ जना र होम आइसोलेसनमा ३२ हजार ८७३ जना छन् भने तीन हजार ३२२ जना क्‍वारेन्टिनमा छन् । यस्तै ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने ३०७ जना आईसीयूमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना सङ्क्रमित थपिएका छन् । जसमध्ये ४२९ महिला र ६८१ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १९२ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो । शुक्रबार कोरोना भाइरसको सङ्क्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार