काठमाडौं,
कार्तिक ८ ।
राज सिग्देलको स्वर रहेको गीत ‘भोकले मर्छु कि…’ सार्वजनिक भएको छ । रमेश बिजीको शब्द, सुरेश अधिकारीको सङ्गीत र चन्द सिंहको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
रमेश बाबा नेपालको निर्देशन रहेको गीतको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन र विनोद बमको सम्पादन छ । उषा रजक, दिवेन कार्की र यशोदा बोगटी अभिनित भिडियोमा कोरोना महामारीको बेला विदेशिएका नेपालीको दुर्दशा, कोरोनाले निम्त्याएको पीडा, देशप्रेम, जन्मभूमि र माटोको मायालाई झल्काइएको छ । गीतको भिडियो विन्ध्यवासिनी म्युजिक प्रा.लि.को युट्यूव च्यानल मार्फत सार्वजनिक भएको छ ।






