कक्षा १२ को परीक्षा मंसिर ९ देखि

काठमाडौं,
कार्तिक ५ ।

कक्षा १२को परीक्षा मंसिर ९ देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको हो । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा सञ्चालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

शनिबार पनि परीक्षा सञ्चालन गरेर मंसिर १६ गते सक्ने जनाइएको छ । यसअघि वैशाख ८ गतेदेखि सञ्चालन हुने परीक्षा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण स्थगित गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार