यस्तो छ आजको मौसम

काठमाडौं,
कार्तिक ३ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै आज उल्लेखनीय मौसमी प्रणाली नभएको र हाल देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य वदली रहेको तथा बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

आज दिउँसो प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमानमा उल्लेख छ । त्यस्तै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहने तथा प्रदेश १ का एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ।

यसमा तपाइको मत

अन्य समाचार