काठमाडौं,
कार्तिक २ ।
सानै उमेरदेखि अभिनय तथा नृत्यमा रुचि राख्ने मोडल मनिषा लकान्द्री भविष्यमा चर्चित भन्दा पनि कुशल मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी पनि तीन वर्ष बित्दैछ । मोडलिङ क्षेत्र आफैँमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र पनि हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउँने माध्येम हो । अभिनय र नृत्य बिधामा राम्रा सम्भावना बोकेका कलाकारहरुले यसैको माध्येमबाट विभिन्न अवसरहरु पनि पाईरहेको हुन्छन ।
पछिल्लो समयमा नयाँ पुस्ताका युवा, युवतीहरु पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ । धेरै सफल पनि भइरहेका छन् भने कोही क्षणीक अबधि पछि यो क्षेत्रबाट हराईरहेका पनि छन् । मोडलिङ क्षेत्रमा प्रशस्त सम्भाबनाहरु रहेका छन् भने क्षमतावान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो माध्यम पनि हो ।
वास्तवमा कलाकारतिमा एउटा रहरमात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउँन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिने गरेको पाईन्छ । मोडलिङ क्षेत्रलाई ब्यबसायिक रुपमा अगाडी बढाउँने सोचका साथ सम्भावनासहित मोडलिङमा प्रवेश गरेकी मोडल मनिषा लकान्द्री उर्लाबारी मोरङकी स्थानीय बासिन्दा हुन् ।
विभिन्न र्याम्प शो, स्टेज कार्यक्रममा आफ्नो कुशल अभिनय तथा नृत्य प्रस्तुत गर्दै आईरहेकी मनिषाले आधा दर्जन बढी भिडियोमा काम गरेकी छन् । यसै साता उनि अभिनित लोक गायक बद्री पंगेनीको स्वर रहेको मर्मश्पर्शी दशैं गीत ‘बाटो हेरी नरोउ आमा’ र ‘बेरोजगार पिडा’ सार्वजनिक भएको छ । लामो समय कोरोना कहरका कारण धेरै भिडियो छुटेको र दशैं लगतै केही राम्रा ब्यानरका भिडियोहरुको कुरा भइरहेको मनिषाले बताईन ।






