काठमाडौं,
आश्विन २८ ।
प्रमिला पुन, रेश्मा के बोम्जन, प्रदिप ग्लान, डी जे मेवाहाङ को संयुक्त प्रस्तुतिमा ‘दशैँ आउँदा तिहार आउँदा…’ गीत सार्वजनिक भएको छ । केशव विश्वकर्माको शब्द÷सङ्गीत र राजेन्द्र बजगाईंको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गायक प्रदिपको नै निर्देशन रहेको गीतको भिडियोमा केशबको छायाँकन र मोहन सुनुवार नवीनको सम्पादन छ। भिडियोलाई हाई लाईट्स युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । भिडियोलाई मेलोडी नेपाल’पोस्ट प्रोडक्सन गरेको हो ।






