‘भुतुक्कै पार्‍यो मलाई कर्के हेराईले…’ भन्दै मेलिना (भिडियोसहित)

काठमाडौं,
आश्विन २७ ।

मेलिना राईको स्वरमा रहेको गीत ‘भुतुक्कै पार्‍यो मलाई कर्के हेराईले’ सार्वजनिक भएको छ । बालकुमार न्यौपाने को शब्द, सुनिल राईको सङ्गीत र शाहस शाक्यको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  अमृत सुनुवारको निर्देशन रहेको गीतको भिडियोमा रंजित पौडेल र कबिता श्रेष्ठको अभिनय रहेको छ ।

https://youtu.be/lfHng6JMtZo

गीत जति मिठो र सुनिरहन मन लाग्ने छ भिडियो पनि उत्कृष्ट बनेको छ। भिडियोमा प्रेमी प्रेमीका बीचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । अमृतकै छायाँकन रहेको भिडियोमा माधब बेल्बासेको सम्पादन रहेको छ । बि के क्रियशन को प्रस्तुतिमा तयार गरिएको उक्त गीतलाई बि के क्रियशन युट्य़ूब च्यानल मार्फत प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार