‘तिम्रो ल्याङ ल्याङ’को सिजन २ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन २६ ।

वेब सिरिज ‘तिम्रो ल्याङ ल्याङ’को सिजन २ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पहिलो सिजनबाट दर्शकहरुको मन जिते पछि सिरिजका निर्माण टिमले सिजन २ ल्याउन लागेको हो ।

युवा पुस्तालाई लक्षित गरेर बनाईएको सिरिजको ट्रेलर हासो रोदन प्रेम बिछोड आदि देख्न सकिन्छ । यही कार्तिक ३ गते बाट सार्वजनिक हुन लागेको सिरिज करिब १६ एपिसोडको हुने बताइएको छ । सुजन मानन्धरले निर्देशन गरेको उक्त सिरिज ह्याप्पी रेकर्ड्स नेपालको युटुब च्यानल र हिमालयन टेलिभिजमा प्रत्येक सोमबार राती ८ः३० बजे प्रशारण हुनेछ ।

निर्देशक मानन्धरले दिएको जानकारी अनुसार जसरी पहिलो सिजनमा सिरिजका कलाकारहरुले कमेडी ड्रामा लिएर दर्शकहरुलाई हँसाएका थिए, त्यस्तै दोस्रो सिजनमा भने समसामयी विषयलाई समेटेर सामाजिक कथावस्तु प्रस्तुत गरिनेछ । ह्याप्पी रेकर्ड्सले निर्माण गरेको सिरिजको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकामा नै गरिएको हो । सिरिजको मुख्य भूमिकामा सुमन चित्रकार श्रेष्ठ, एरिना गुरुङ, सिरन बज्राचार्य, सपना तामाङ्ग, सुरेन्द्र मानन्धर, निश्चल जंग थापा, क्रिरण स्याङ्गतानलगायतका हुनुहुन्छ ।

सुमन चित्रकारको कथा पटकथा तथा संवाद रहेको सिरिजलाई निस बज्राचार्यले खिच्नुभएको हो । त्यस्तै ड्रोनमा गौरव कंसाकार, मार्केटिङ एजेन्सीमा मलीन मिडिया एण्ड इभेन्ट, लाईट्समा सुमन श्रेष्ठ, मेक अपमा शृति श्रेष्ठ, साउण्डमा रिकेश सयामी, ग्राफिकमा विवेक खत्री, प्रोडक्सन म्यानेजरमा बिपिन श्रेष्ठ रहेको सिरिजको शिर्ष गीतको शब्द भने कर्ण श्रेष्ठ तथा सङ्गीत अलमोडा राना उप्रेतीको छ। सिरिजको सम्पादन भने निदेशक स्वयम्ले गर्नुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार