काठमाडौं,
आश्विन २५ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बसन्नुभएका डा. गाविन्द केसी र सरकारबीच सहमति भएको छ । शिक्षा सचिब गोपिनाथ मैनालीको नेतृत्वमा गठन भएको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्रीको नेतृत्वको डा. केसीका प्रतिनिधिबीचको वार्तामा मध्य राति सहमति जुटेको हो ।
डा. केसी र सरकारबीच आठ बुँदे सहमति भएको हो । शुक्रबार वार्ता भाँडिएको थियो । तर, शनिबार बिहानैदेखि शिक्षामन्त्री र सरकारी वार्ता टोलीबीच भएको छलफलम डा. केसीसँग फेरि वार्ता गर्ने समझदारी भएपछि शुक्रबार मध्य राति वार्ता भएको थियो । डा. केसीले हरेक प्रदेशमा सरकारी शिक्षण अस्पताल हुनुपर्ने, आईओएमको डिन नियुक्तिमा वरिष्ठताका आधारमा हुनुपर्नेलगायत ६ बुँदे माग राखेर जुम्लाबाट अनशन शुरु गरेका थिए । शनिबार अनशन बसेको २८ औं दिनमा सहमति जुटेको हो ।






