यस्तो छ आजको मौसम

काठमाडौं,
आश्विन २३ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा अझै पनि कायमै रहेको र हाल देशभरको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार आज दिउँसो देशभरको मौसममा आंशिक बदली रहनेछ भने प्रदेश १ का एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यसैगरी आज राती देशभरको मौसममा आंशिक बदली रहने विभागले उल्लेख गरेको ।

यसमा तपाइको मत

अन्य समाचार