काठमाडौं,
आश्विन १० ।
शनिबार थप एक हजार २ सय ७ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । शनिबारको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएकासहित कुल सङ्क्रमितको सङ्ख्या ७१ हजार ८ सय २१ पुगेको जानकारी दिनुभयो । यस्तै थप १ हजार १ सय ४७ सङ्क्रमित निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या ५३ हजार १३ रहेको छ ।
देशभर शनिबारसम्म ७ हजार ८ सय ३३ संस्थागत आइसोलेसनमा छन् भने होम आइसोलेसनमा १० हजार ५ सय ८ छ । क्वारेन्टाइनमा रहेको सङ्ख्या ६ हजार ३ सय ३१ जना छन् ।
काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना सङ्क्रमण देखिएको छ । योसँगै उपत्यकामा कोराना सङ्क्रमितको सङ्ख्या २० हजार ६ सय ९८ पुगेको छ ।
यस्तै शनिबार उदयपुरमा एक, झापामा ७, मोरङमा ७८, सुनसरीमा २३, सोलुखुम्बुमा एक, धुनषामा चार, पर्सामा २४, बारामा चार, महोत्तरीमा एक, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा चार, सिरहामा एक, काभ्रेमा १७, चितवनमा १२, दोलखामा एक, धादिङमा सात, नुवाकोटमा दुई, मकवानपुरमा १७, रामेछापमा सात, सिन्धुपाल्चोकमा चार, सिन्धुलीमा १५, कास्कीमा १०, गोरखामा तीन, तनहुँमा चार, नवलपरासी पूर्वमा एक, लमजुङमा एक, बाग्लुङमा एक, स्याङजामा चार, अर्घाखाँचीमा दुई, कपिलवस्तुमा तीन, गुल्मीमा पाँच, दाङमा २८, नलवपरासीमा १०, पाल्पामा तीन, प्युठानमा पाँच, बर्दियामा सात, बाँकेमा ३०, रुपन्देहीमा ७३, रोल्पामा ६, सल्यानमा एक, अछाममा १३, कञ्चनपुरमा एक, डोटीमा १५, दार्चुलामा पाँच, बझाङमा दुई र बैतडीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शनिबार थप आठ कोरोना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको छ । सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको हो । योसँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४६७ पुगेको छ ।






