‘रेड वाईनमा’ पल र साम्राज्ञी

काठमाडौं
आश्विन ९ ।

सञ्चार क्षेत्रमा सक्रिय रमेश एम के पौडेल सञ्चार क्षेत्रसँगै चलचित्र निर्माण क्षेत्रमा पनि सक्रिय रहँदै आउनुभएको छ । हाल बोधी एच डी टिभी नेपाल र अमेरिका मार्फत सञ्चार क्षेत्रलाई निरन्तरता दिइरहनुभएका पौडेलले यस अघि चलचित्र ‘रूद्रप्रिया’ र ‘रज्जा रानी’ निर्माण गरिसक्नुभएको छ ।

हाल अमेरिकामा रहनुभएका पौडेल अब अर्कों चलचित्रको निर्माणमा जुटनुभएको छ । अमेरिकामा नै सम्पूर्ण छायाँकन गरिने यो चलचित्रको नाम राखिएको छ ‘रेड वाइन’ ।

बिशुद्द रूपमा प्रेम कथामा आधारित यो चलचित्रमा पहिलोपटक पल शाह र साम्राज्ञी आर एल शाहको जोडी बाँधिने भएको छ । यो चलचित्र मार्फत निर्माता रमेश एम के पौडेल निर्देशकको रूपमा आउने हुनुभएको छ । चलचित्रमा कथा, गीत लेखन र निर्देशक पौडेलकै रहने छ । पल र साम्राज्ञीको साथमा सन्दिप क्षेत्री र अमेरिकामा नै बसोबास गर्ने इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दैहुनुहुन्छ । इमिलिले अमेरिकामा बनिरहेका म्युजिक भिडियोहरूमा काम गरिरहनु भएको छ । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित ब्याबसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहने जनाइएको छ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेनुभएको छ ।

आर्यन फिल्मस् प्रोडक्शन प्रा.लि. र बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण हुने यो चलचित्रको पटकथा र सम्बाद सबिर श्रेष्ठले तयार पार्नुभएको हो । यो चलचित्रको सम्पूर्ण छायाँकन कोरोनाको अबस्था हेरेर दशैँ र तिहारको बीचमा अमेरिकामा गरिने तयारी भइरहेको बताइएको छ । तस्बीर: बिनोद पोखरेल

यसमा तपाइको मत

अन्य समाचार