काठमाडौं,
आश्विन ५ ।
सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘लक्ष्मीपूजा’ यही दशैँमा सार्वजनिक हुने भएको छ । चलचित्रको यतिबेला उपत्यकाका विभिन्न स्थानमा छायाँकन भइरहेको छ ।
समिर मियाँले निर्देशन गरिरहेको चलचित्रमा शोभित बस्नेत निर्माता छन् । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । चलचित्रमा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने चलचित्रमा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने चलचित्रमा दशैं र तिहारको परिवेश देखाइनेछ । चलचित्रमा विपिन आचार्यको सङ्गीत, दयाराम पाण्डेको गीत, केदार भुसालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायाँकन रहेको छ ।






