‘पहिलो भेटमै’ सार्वजनिक

काठमाडौं
आश्विन ४ ।

गीतिसङ्ग्रह ‘पहिलो भेटमै’ स्रोता माझ आएको छ । अग्रज सङ्गीतकार शम्भुजीत बासकोटाको सङ्गीत र जुगल डंगोलको सङ्गीत, गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा दुई वटा गीत रहेको ‘पहिलो भेटमै’ स्रोता माझ आएको हो ।

दुरी कायम गर्दै बरिष्ट सङ्गीतकार बासकोटा, गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसङ्ग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन् । जसमा ‘बजाई देउ बाजा…’ र ‘पहिलो भेटमा’ बोलको गीत रहेको छ ।

सो क्रममा बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफूले सङ्गीत गरिसकेको तर गायिका सरिताको लागि पहिलो पटक सङ्गीत गरेकोे बताए । बजाई देउ बाजा लोक पप शैलीको गीत हो । यो गीतिसङ्ग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो ।

यसैबीच पहिलो भेटमै… गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । जसमा अभिनेता दिक्पाल कार्कीसँग गायिका सरिता भारती आफैँले मोडलिङ गरेकी छन् । रामशरण उप्रेतीले खिचेको भिडियोमा मित्र डी गुरुङको सम्पादन रहेको छ । डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार