कविता : रम्यता

✍️नवीन मनोहर, रामेछाप/मन्थली 
काठमाडौं,
आश्विन ३ ।

परा
पश्चति
बैखरी र
वाणी
यी सबैसबै
क्रमागत रम्यता हुन्,

जीवन
जीउन न जान्नेलाई
पुँश्चलीको नृत्यमग्न उत्सव हो
जीवन
जीउन जान्नेलाई
सुमार्ग नै सुमार्ग
अभिषेक गरेर
आशीर्वचनको
होमादि र पूर्णाहूति हो,

सङ्कल्प गर हे ! विश्वमानवहरू हो
अदना
अकिञ्चन
र दीनदयालहरूमा,

जीवन
जीउने कला उत्सवमा निहीत छ
त्योत आफ्नै
बुद्धि र सुद्धिमा अन्तर्निहित छ ।

यसमा तपाइको मत

अन्य समाचार