कविता : अव्यक्त

✍️ पेशल आचार्य
काठमाडौं,
आश्विन ३ ।

नबोल्नु
नलेख्नु
नभन्नु
नहाँस्नु
नखोज्नु
अझ बोल्नु
अझ लेख्नु
अझ भन्नु
अझ हाँस्नु
अझ खोज्नु हो,

संसारका कतिपय सन्दर्भ र
विषयातिरेकहरू
अव्यक्त अवस्थामै
कारगर जँच्छन्
राम्रा लाग्छन्
वाणी
र व्यक्तता त फगत् औपचारिकता मात्र हुन्,

यथातथ्य
जीवनका तिर्यक सम्बन्धहरूमा
ती र ती सन्दर्भहरूलाई
बुझ्न
र पर्गेल्न मात्र सक्नुपर्छ ।

यसमा तपाइको मत

अन्य समाचार