रोशन र मेलिनाको स्वरमा ‘तिमीसित माया गर्दा…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन २ ।

रोशन राई ‘पालुवा स्टार’ र मेलिना राईको स्वरमा रहेको गीत ‘तिमीसित माया गर्दा…’ सार्वजनिक भएको छ । रमेश नामहाङ्गको शब्द तथा सङ्गीत, फणिन्द्र राईको एरेञ्ज र किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा लक्ष्मी र जीवनकै अभिनय रहेको छ । भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन र कलर बिष्णु खड्काले गरेका छन् । भिडियोमा बेमेल माया गर्दा समाजमा हुने घट्ना र स्थितिलाई चित्रण गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार