काठमाडौं,
भाद्र २९ ।
ग्ल्बोल एक्टर्स फ्रेडेसन (विश्व कलाकार महासंघ) तथा बक्स अफिस नेपालको साखा कार्यलय सुन्दरीजल काठमाडौंको आयोजनामा दिवंगत चलचित्रकर्मी तथा कोभिड-१९ को मृतकको सम्झानामा बृक्षा रोपण कार्यक्रम सम्पन्न गरेको छ ।
कागेश्वरी नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेलको प्रमुख अथित्यमा सम्पन्न भएको बक्स अफिस इन्टरनेसनल ग्रुप तथा ग्लोबल एक्टर्स फ्रेडेसन (विश्व कलाकार महासंघ) को ८५२ औं उक्त कार्यक्रम कागेश्वरी सहिद स्मारक पार्कमा सम्पन्न भएको केन्द्रीय अध्यक्ष रामबाहादुर सुवेदी (आर के ले) बताउनुभयो । यो भन्दा आगाडी कागेश्वरी मन्दिरमा धार्मिक कार्यक्रम आयोजनागरी आफ्नो ८५१ औं कार्यक्रम आयोजना सफलता पुर्वक पूरा गरेको पनि सुवेदली बताउनुभयो ।
प्रभावकारी कार्यक्रम आयोजना गर्ने बक्स अफिस ग्रुपको ८५२ औं सामाजिक उक्त कार्यक्रममा सुन्दरीजल शाखाका संयोजक तथा कलाकार हरिषचन्द्र फुयालको सभापति, स्थानीय समाजसेवी तथा पूर्व वडा अध्यक्ष विश्वराज श्रेष्ठको विशिष्ट अथिती, वडा सदस्य दलबाहादुर तामाङ आथित्य तथा वोडा न. १ का अध्यक्ष मुकुन्द गजुरेलको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त अभियानमा कलाकार तथा गीत सङ्गीत स्रस्टाहरुको उत्साहजनक सहभागी रहेको थियो ।
दिवंगत बरिष्ठ कलाकार, निर्माता तथा पूर्व बिकास बोडका अध्यक्ष केशव भट्टराई, बरिष्ठ कलाकार दीपक क्षेत्री, द्वन्द्व कलाकार सुरेश नेवाः, चन्द्र पतवार, निर्देशक तथा लेखक छितेन गुरुङ, सम्पादक अनिल गौतमको विशेष सम्झनामा संस्थाका अध्यक्ष आर के सुवेदी, प्रमुख अथिती वडा अध्यक्ष मुकुन्द गजुरेल र बरिष्ठ द्वन्द्व निर्देशक एन बी महर्जनले संयुक्त रुपमा धुपिका बिरुवा रोपन्नु भएको थियो ।
त्यसैगरी आफ्नो चलचित्र नालापनिको सफलताको कामना गर्दै निर्माता निर्देशक रिमेश अधिकारीले सल्लाका बिरुवा रोप्नु भएको थियो भन्ने निर्माता तथा कलाकार किरण नेपालीले आफ्नो छिटै रिलिज हुन गइरहेको २ नम्बरी चलचित्रको सफलताको कामना गर्दै विभिन्न बोट बिरुवा रोप्न्नु भएको थियो ।
पुराना सङ्गीतकार देवकुमार चौधरी, निर्माता तथा कलाकार संगम शर्मा, सम्पादक तथा भिडियो निर्देशक प्रेम शर्मा, गायिका सरस्वती भुजेल, मोडल चन्दा दाहाल, गायिका ससु लिम्बू , कलाकार शिवहरी श्रेष्ठ, गायक चन्द्र, निर्माता सुमन खत्री, सुमन श्रेष्ठ, गायक चन्द्र तामाङ, चलचित्र राजासहेबका युवा निर्देशक बिचल किराँती, गायक मिलन सुर्खेती, निर्देशक जीवन शाही, सङ्गीतकार उतम लामा, कलाकार निर्देशक पवन केसी, कलाकार सोनाम लामा, गायक राजु श्रेष्ठ भरखरै सार्वजनिक भएको ‘के गर्नु माया म’ का भिडियो निर्माता उद्वव भट्टराई, निर्माता सुरज थापा, निर्माता कलाकार गोकुल सुवेदी, बक्स अफिस सकृय सदस्य नवीन खड्का, मनिस बराइली, ब्यावसायी राजकुमार श्रेष्ठ, गायक मणिकुमार श्रेष्ठलगायतले आ–आफ्नो सृजनाको नाममा दर्जनौं बिरुवा रोप्न्नु भएको थियो ।
मोडल रिया श्रेष्ठ, निर्माता तथा द्वन्द्व कलाकार नरेन्द्र केसी, निर्माता तथा गीतकार सावित्री चिलवाल, छायांकार बिरेन्द्र भट, गायक राजु श्रेष्ठलाई मायाको चिनो बाट प्रमुख अथितिले सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको मुख्य प्रायोजकमा उद्ववप्रसाद भट्टराई र विशेष प्रायोजन मणिकुमार श्रेष्ठ (मनिष)ले गर्नुभएको थियो भने बिरुवा गायक मिलन सुर्खेतीले उपल्बध गराउनुभएको आरके सुवेदीले जानकारी गराउनुभयो ।






