बिहीबार थप एक हजार २ सय ४६ जनामा सङ्क्रमण, सङ्क्रमित सङ्ख्या ५० हजार ४ सय ६५ पुग्यो

काठमाडौं,
भाद्र २५ ।

बिहीबार कोरोना भाइरस (कोभिड–१९) का एक हजार २ सय ४६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २ सय ४६ सङ्क्रमित थपिएको जानकारी दिनुभएको हो । योसँगै कोरोना सङ्क्रमतिको कूल सङ्ख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

देशभर बिहीबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १४ हजार ४ सय ४८ छ । बिहीबार थप एक हजार ८ सय १८ जना सङ्क्रमित निको भएका भएका छन् । त्यसैगरी हालसम्म ३५ हजार ७ सय जना डिस्चार्ज भएका छन् ।
देशभरका प्रयोगशालाहरुमा ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ । बिहीबारसम्म ८ लाख १० हजार ४ सय ८५ जनाको पीसीआर परीक्षण गरिएको छ । यस्तै देशभरका संस्थागत आइसोलेसन ८ हजार १० जना र होम आइसोलेसनमा ६ हजार ४ सय ३८ जना छन् भने देशभर ५ हजार ८ सय ६ जना क्वारेन्टिनमा छन् । देशभर २१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १ सय ६५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

बिहीबार काठमाडौं उपत्यकाम ५ सय ७२ कोरोना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा ४ सय ९५, ललितपुरमा ४३ र भक्तपुरमा ३४ जना रहेका छन् । योसहित उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार १२ पुगेको छ । काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८ सय ५२ सङ्क्रमित पुगेका छन् ।

यस्तै बिहीबार इलाममा दुई, उदयपुरमा दुई, खोटाङमा एक, झापामा ११, पाँचथरमा चार, भोजपुरमा तीन, मोरङमा १६, संखुवासभामा २२, सुनसरीमा २३, धनुषामा २७, पर्सामा ११, बारामा १७, रौतहटमा दुई, सप्तरीमा ३५, सर्लाहीमा ४२, सिराहामा एक, काभ्रेमा ३६, चितवनमा १८, दोलखामा तीन, धादिङमा तीन, नुवाकोटमा एक, मकवानपुरमा ३५, रामेछापमा दुई, सिन्धुपाल्चोकमा एक, सिन्धुलीमा एक, कास्कीमा २१, गोर्खामा एक, तनहुँमा पाँच, नवलपरासीपुर्वमा आठ, पर्वतमा दुई, लमजुङमा एक, बागलुङमा नौ, स्याङजामा १२, कपिलवस्तुमा ४४, गुल्मीमा सात, दाङमा चार, नवलपरासीमा ३७, पाल्पामा २९, बर्दियामा १०, बाँकेमा ७०, रुपन्देहीमा ५१, रोल्पामा एक, रुकुमपश्चिममा ६, सल्यानमा ६, सुर्खेतमा पाँच, कैलालीमा २१, डोटीमा एक, बाजुरामा एक, र बैतडीमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या ३ सय १७ पुगेको छ । बिहीबर तीन वटा जिल्लाका एक महिला र चार पुरुष गरी पाँच जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । काठमाडौंमा मात्र तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । काठमाडौंमा ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै चितवनमा ६२ र कपिलवस्तुमा २९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार