यस्तो छ शुक्रबारको मौसम

काठमाडौं
भाद्र १९ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गर्दै हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा केहि पर दक्षिणतर्फ अवस्थित रहेको र हाल देशको पहाडी भूभागमा सामान्य बदली र तराई भूभागमा आशिंक बदली रहेको जनाएको छ ।

महाशाखाले शुक्रबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको । यसैगरी, आज राती देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश १ तथा गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार