ललितपुरमा शुक्रबार बिहान चार बजेदेखि राति १० बजेसम्म कर्फ्यू

ललितपुर,
भदौ १८ ।

ललितपुरमा भोलि बिहानदेखि कर्फ्यू लगाउने निर्णय गरिएको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुखसहितको उपस्थितिमा भएको बैठकले भोलि बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको जानकारी दिएको हो । स्थिति नियन्त्रणभन्दा बाहिर नजान दिन कर्फ्यू लगाउने निर्णय गरिएको बताएको छ ।

स्थानीय प्रशासनले चक्रपथभित्रका क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको हो । उपत्यकामा निषेधाज्ञा जारी भएकै अवस्थामा रातो मच्छिन्द्रनाथको रथ तान्‍ने भनेर निस्किएका पाटनका स्थानीय र प्रहरीबीच बिहीबार झडप भएको थियो । झडपका क्रममा प्रदर्शनकारीले एकजना ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गरेका थिए भने झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ कयौँ घाइते भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार