गीत : नखुलेर कहाँ हुन्छ खुल्नु पर्छ मायामा

✍️ रबिन्द्र आशिस शैली

नखुलेर कहाँ हुन्छ खुल्नु पर्छ मायामा
नघुमेनि मन मनमा डुल्नु पर्छ मायामा

हुर्काउन थालेको छु सुमसुम्याई मनलाई
भेटमा सजिलै कुरा भन्न सकु तिमीलाई

चाँद हेर्छु तारा हेर्छु कतै देखिन्छ कि भनी
बसेको छु तिमीसंग छुटेका दिनहरू गनि

बादल भए हट छिट्टै खुलेर आकाश बन
पलाएको छ माया धेरै जस्तै हरियाली बन

कति छ भन्नु पर्ने कुरा तिम्रोपनि होला धेरै
मनले भन्छ तिमीलाई फोन गरू यति खेरै ।

यसमा तपाइको मत

अन्य समाचार