काठमाडौं,
भदौ ११ ।
सन्तोष बस्न्यातको स्वरमा रहेको गीत ‘फ्राइडे नाइट’ सार्वजनिक भएको छ । सन्तोष कै शब्द, राजकुमार बस्नेतको सङ्गीत तथा रिकेश गुरुङको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अबिनयको डिओपी र प्रमेश श्रेष्ठको छायांकन रहेको भिडियोमा कन्सेप्ट अनुपको रहेको छ । भिडियोलाई सौगातमान सिंह बस्नेतले निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा बिबेक कर्माचार्य र अभिलाषा शर्मा फिचर्ड छन् ।
लामो समय बेलायतमा सङ्गीत अध्ययन गरेर फर्केका सन्तोष बस्न्यातले हालै नेपाल पर्यटन बोर्डले आयोजना गरेको टुरिजम भिडियो प्रतियोगितामा ‘भिजिट नेपाल’ बोलको गीतबाट दित्तीय स्थान हासिल गर्न सफल भएका थिए ।






