‘मेरो नशा नशामा तिमी…’ भन्दै कृष्ण र अस्मिता (भिडियोसहित)

काठमाडौं,
भाद्र ११ ।

कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन रहेको सार्वजनिक गीतको भिडियोमा ओबी रायमाझी र अञ्जना कँडेलको अभिनय रहेको छ । डाकोन पिक्चरले निर्माण गरेको भिडियो ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
अजय रेग्मीले खिचेका हुन ।

यस गीतलाई टिकटक प्रतियोगितामा राखिएको छ । भाद्र मसान्तसम्म जसको सबैभन्दा बढि टिकटक भिउज पुग्छ उसलाई २० हजार नगद पुरस्कार प्रदान गरिने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार