काठमाडौं,
भाद्र १० ।
प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा ‘लाखे’ धुन सार्बजनिक भएको छ । नेपालमा भएको मौलिक धुन, भाषा संस्कृतिलाइ जगेर्ना गर्ने उद्देश्यले प्रोजेक्ट बाजा नेपालले विभिन्न मौलिक धुनहरु प्रस्तुत गर्दै आएको छ ।
नेवारी कल्चर आफैँमा धनि छ, नेवारी समुदायले मनाउदै आएको लाखे विश्व प्रसिद्द मानिन्छ । बर्षै पिछे महत्वपुर्ण पर्बको रुपमा मनाइदै आएको लाखेको पनि आफ्नै महत्व र बिशेषता रहेको छ । लाखे नाच नाच्ने बेला बज्ने धुनले सबैलाई मन्त्रमुग्द बनाउदै आएको छ भने सबै जातजाति भाषा भाषी र धर्ममा बिश्वास गर्नेहरुले समेत लाखेलाई बिशेष रुपमा हेर्दै आएका छन् ।
प्रोजेक्ट बाजा नेपालको प्रस्तुतिमा तयार पारिएको लाखे धुनलाइ सुरेशराज बज्राचार्य र बिपु श्रेष्ठले सङ्कलन गरेका हुन् भने फिरोज बज्राचार्य र सुरेशराज बज्राचार्यले सङ्गीत संयोजन गरेका हुन् । सार्बजनिक धुनको लाखे भिडियोलाई जनकराज अधिकारी, सुजित नापित र ओभासो शाक्यले छायांकन गरेका छन् भने ओभासो शाक्यले निर्देशन गरेका हुन् ।
दर्शकहरूले नकारात्मक उर्जामा सकरात्मक शक्ति जित्ने यो पुरानो धुन ‘अनुष्ठान’ अभ्यासको पछाडि वास्तविकता प्रदर्शन गर्ने प्रोजेक्ट बाजा नेपालको प्रयासलाई सम्पूर्ण सङ्गीतप्रेमीले कदर गर्ने बिश्वास लिएका छन् ।
कला संस्कृतिले धनि हाम्रो जस्तो मुलुकमा भएको बिबिधतालाइ समेट्दै परापूर्ब कालदेखि चल्दै आएको नेपालको संस्कृतिलाइ विश्वसामु परिचित गराउने उद्देश्यले सुरु गरिएको प्रोजेक्ट बाजा नेपाल संस्था अहिले लोकप्रिय बन्दै गएको छ । सन् २०१८ मा प्रोजेक्ट बाजा नेपाल संस्था स्थापना भएर लगातार रुपमा मौलिक कला संस्कृतिको उत्थानमा यो संस्था क्रियासिल रहेको छ ।






