काठमाडौं,
भदौ ९ ।
मानस राजको स्वर रहेको गीत ‘उठ्न देऊ…’ सार्वजनिक भएको छ । मनिस बसिष्ठको शब्द, मानसकै सङ्गीत र प्रदिप जोशीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मानसराज आफैँले निर्देशन र प्रभाकर न्यौपानेको सहनिर्देशन रहेको गीतको भिडियोमा सञ्जु बाबा, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबालाई फिचर्ड गरिएको छ ।
ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ । सत्य घटनामा आधारित सञ्जीव क्षेत्री अर्थात सञ्जु बाबाले बाल्यकाल देखिनै कुलतमा फसेर भोग्नु परेको दुःख पीडा, सामाजिक बहिस्कारलाई भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सञ्जु बाबा कसरी कुलतबाट छुट्कारा पाएर सामाजिक जीबनमा फर्के भन्ने कुरा प्रस्तुत गरिएको छ ।
सञ्जु बाबालाई उक्त भिडियोमा दुई पक्ष सकारात्मक तथा नकारात्मक रुपमा निर्देशकले अभिनय गराएका छन् । सञ्जुसँगै तीन बर्षिय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो जिबन्त अभिनयसमेत भिडियोमा देख्न सकिन्छ ।
रिक्की कर्माचार्यको छायाँकन तथा सम्पादन रहेको छ भिडियोमा । गायक मानसका यसअघि ‘भाइरल भैदियो’, ‘मै हुँ हिरो’, ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्बाधिक रूचाइएका थिए ।






