समुन्द्रको निर्देशनमा ‘बिरानो देश’ (भिडियोसहित)

तनहुँ,
भाद्र ४ ।

पत्रकार समुन्द्र पौडेलको निर्देशनमा तयार भएको बिरानो देश बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओएसआर इन्टरटेनमेन्टबाट सार्वजनिक भएको गीतमा बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरुले भोग्नु परेको कथाबस्तुलाई समेटिएको छ ।

नवराज थापाको स्वर र सङ्गीत रहेको गीतको शब्द पत्रकार अमरराज नहर्कीले कोरेका हुन । भिडियोमा सुदीप पौडेल, पुजा केशीले मुख्य कलाकार रुपमा भूमिका निर्वाह गरेका छन भने बोलप्रसाद सुवेदी, तुलसीमाया सुवेदी, सुबास जैसी, तुलसीराम पाण्डेलगायतको अभिनय रहेको छ । सुदीप पौडेलको यो पाँचौ म्युजिक भिडियो हो भने मोडलिङमा सक्रिय पूजा केसीले बिरानो देशबाट म्युजिक भिडियोमा प्रवेश गरेकी हुन ।

गीतले बैदेशिक रोजगारीमा जानेको कथाबस्तुलाई समेटेको गीतकार नहर्कीले बताए । ‘बिरानो देश नेपाली गाउँघरको सामाजिक कथाबस्तु हो,’ उनले भने, ‘गीतले बिदेशको दुःखलाई औलाउँदै स्वदेशमा नै केही गर्नुपर्छ भन्ने भावनाको समेत बिकास गर्छ ।’ अमित गुरुङको सङ्गीत संयोजन रहेको गीतको सम्पादन सिजन बज्राचार्यले गरेका छन् ।

प्रभा नहर्कीको प्रस्तुति रहेको गीतको भिडियो छायांकन रमेश पौडेल, ड्रोन महेश वाग्ले र भिडियो सम्पादन सुबास अम्गाईले गरेका छन् । सार्वजनिक भिडियोलाई तनहुँका विभिन्न भागमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार