नित्याको स्वरमा ‘डमरु बजाए भोलेनाथ…’ (भिडियोसहित)

काठमाडौं,
साउन ३२ ।

नित्या शिवाको स्वरमा रहेको भजन ‘डमरु बजाए भोलेनाथ…’ सार्वजनिक भएको छ । भगवान शिवको महिमालाई गीतमा समावेश गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शंकर अधिकारी ‘घायल’को शब्द तथा पुरुषोत्तम न्यौपानेको सङ्गीत रहेको गीतको भिडियोमा कृष्ण पाण्डेको छायांकन तथा सम्पादन र सानू हबिकको ड्रोन रहेको छ । भिडियोमा सागर गुरु चौलागाईं, रवी खड्का, सन्तोष जिबी, चेतन घिमिरे, आरोही राणा र श्रेया दुलालको अभिनय छ ।

भगवान शिवको महिमा बारेमा प्रकाश पार्दै गीतलाई बजारमा ल्याएको र आम हिन्दू शिब भक्तहरुले भजनलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका नित्याशिवाले बताइन । गीतको भिडियो हाइलाइट नेपाल मार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार