विराटनगर,
साउन ३० ।
प्रदेश १ मा कोरोना परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । आज एकै दिन २ हजार दुई सय पाँच जनाको कोरोना परीक्षण भएको छ । प्रदेश १ मा एकै दिन परीक्षण भएको यो अहिलेसम्मकै धेरै सङ्ख्या हो ।
शुक्रबार प्रदेश १ मा ९५ जना कोरोना सङ्क्रमित देखिएका छन् । शुक्रबार ३५ जना कोरोनामुक्त भएका छन् । हालसम्म प्रदेश १ मा ६२ हजार ६ सय ५१ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
हालसम्म १ हजार ८ सय २१ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेहरुको सङ्ख्या एक हजार ७५ रहेको छ । प्रदेश १ मा सबैभन्दा धेरै मोरङमा सङ्क्रमण देखा परेको छ । त्यस्तै क्रमशः झापा, सुनसरी र उदयपुरमा सङ्क्रमणको दर बढी छ ।






