यस्तो छ आजको मौसम

काठमाडौं,
साउन २९ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्यून चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेको र हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको जनाएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी प्रदेश, प्रदेश नं. ५ , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

यस्तै, आज राति देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश नं. १, बाग्मति प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

यसमा तपाइको मत

अन्य समाचार