थप ३ सय ७८ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या २२ हजार ५ सय ९२ पुग्यो

काठमाडौं,
साउन २४ ।

शनिबार ३७८ कोरोना भारस (कोभिड-१९)का संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा पछिल्लोपल्ट ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको बताउनु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं ५६, ललितपुर तीन र भक्तपुरमा तीन नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घन्टामा देशभर ४९९ जना पनि कोरोना जितेर घर फर्किएका छन् । मुलुकभर ६ हजार २०६ जना आइसोलेसनमा र क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेको प्रवक्ता गौतमले बताए ।

देशभर कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । प्रवत्ता डा. गौतमका अनुसार पछिल्लोपटक काठमाडौंमा १, वीरगञ्जमा १ र विराटनगरमा १ जनाको मृत्यु भएको छ । काठमाडौं टोखाकी एक महिलाको उपचारकै क्रममा शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको हो ।

वीरगञ्ज र मोरङका दुई व्यक्तिको पनि मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका छपकैया-३ का ७४ वर्षका पुरुषको गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै मोरङको विराटनगर महानगरपालिकाका-९ का ५८ वर्षका पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार