सुनिता र खुमनको स्वरमा ‘बेसी मेलैमा…’ (भिडियोसहित)

काठमाडौं,
साउन २० ।

सुनिता दुलाल र खुमन अधिकारीको स्वरमा रहेको गीत ‘बेसी मेलैमा…’ सार्वजनिक भएको छ । नेत्र अर्यालको शब्द र खुमन अधिकारीको भाका रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको सहगायनमा भने सुनितामी परियार, पुष्पा बोहरा, खेम सेन्चुरी र किरण वि.क.को रहेको छ । कृष्ण वि.क. भान्जाको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ भने श्यामश्वेत रसाइलीले गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता दिलिप रायमाझी, अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको छ । भिडियोमा स्वयम् सुनिता दुलाल र खुमन अधिकारीलाई पनि हेर्न पाइनेछ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको गीतको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ । भिडियोको कोरियोग्राफी एवम् निर्देशन शिव विकको रहेको छ ।

सुनिता दुलाल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यो गीतले मायाप्रेम मात्र होइन समाजको चित्रण पनि गरेको छ । पछिल्लो समय विदेशिने गरेका युवाहरुलाई मातृभूमिमै बसेर कुटोकोदालो गर्न समेत अभिप्रेरित गरिएको छ । युवा पलायन भएपछि देशको खेतीयोग्य जमिन बाँझो छ । यही जमिनमा केही गर्नुपर्छ भन्ने सोच गीतमार्फत प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार