नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२०का लागि आबेदन आव्हान

काठमाडौं,
साउन ११ ।

नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड २०२०का लागि आबेदन आव्हान गरिएको छ । कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण र यसको रोकथामका साथै नियन्त्रण गर्न गरिएको ‘लकडाउन’ले गर्दा सुस्ताएको नेपाली साङ्गीतिक क्षेत्रलाई चलायमान बनाउन र साङ्गीतिक क्षेत्रमा नयाँ आयाम थप्नको लागि कला, संस्कृति र साङ्गीतिक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्ने उद्देश्यले सङ्गीतका विभिन्न विधा तर्फ नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड-२०२० गरिने भएको र यसका लागि आबेदन आव्हान गरिएको आयोजकले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । आयोजकका अनुसार यो अवार्ड यहीँ आउँदो भदौं महिना २०७७ भित्र काठमाडौँमा सम्पन्न गरिदै छ ।

म्युजिक अवार्ड आबेदनको लागि दर्ता फारम खुलीसकेको छ भने भदौं १५ गते सम्म फारम भरि सक्नुपर्ने जानकारी गराईएको छ । जसका लागि २०७६ असोज देखि २०७७ भदौं सम्मका गीत सङ्गीतहरुलाई समाबेश गरिने भएको छ भने नबप्रतिभाको हकमा २०७६ भित्र गीत निकालेको हुनुपर्ने उल्लेख गरिएको छ ।

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको यस अवार्डलाइ शुभकामना मिडिया सोलुसन प्रा.लि.ले ब्यबस्थापन गर्ने भएको छ । सञ्चारकर्मी सूर्य चन्दको अधक्ष्यतामा हुने यस अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।

उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक-गायिका, पर्ब बिशेष गीत (तीज, दशैँ तिहार, होली) , भजन, पप-आधुनिक गायक-गायिका, भाषा-भाषिका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ  ।

अवार्डका लागि आबेदन फर्म भर्न चाहने इच्छुक गायक गायिकाले शुभकामना मिडिया सोलुसन प्रा.लि.को कार्यालय कपुरधारा सामाखुसीमा सम्पर्क गरेर आबेदन फर्म भर्न सकिने जनाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार