धुव्र लोहागनको ‘आइतबारे कोसेली’

  • धुव्र लोहागन
      सिक्किम

‘मुना’
मुना ! सुन, नबस कुना कुना
मात्तिएकाहरुले चिमोटलान, गर्लान् टुनामुना
तर म दिनेछुइन् कसैलाई सोझ्याउन दुना
हे मञ्जरी ! हलक्क बढ् पर्नेछैन तिमीलाई रुँन ।
– – – –

‘कोपिला’
कोपिला तिमी फक्रिनु पर्छ
बैश र जवानी देख्न नपाई कक्रिनु हुँदैन
धेरैले आँखा गाडे भन्दैमा झोक्रिनु हुँदैन
तिमी फक्रिनु पर्छ म आउँछु
हामी दुइ टुक्रिनु हुँदैन ।
– – – –

‘फूल’
पुष्पवाटिकामा सौन्दर्य थप्दै ढकमक्क फुलीरहेकी छौ
मगमग सुवासित वासना छरिरहेकी छौ
छरिरहनु …छरिरहनु…
फूल तिमी फुलिरहनु ,,फूलिरहनु ,,
चोरहरु डुल्दै छन्, तिम्रो मुस्कानमा भुल्दैछन्
तिम्रो लावण्य, माधुर्य र आकर्षणमा झुम्दैछन्
फक्रिएका तिम्रा पुष्ट पुष्ट थुङ्गाहरू कल्पनामै चुम्दैछन्
हे मनोहारी, सम्मोहक, सुन्दरी फूल निर्धक्क फुल
म तिमीलाई जोगाई राख्नेछु बनेर शूल।
– – – –

‘काँडा’
एई लबस्तरो काँडा ! गतिछाडा काँडा !
तलाई कटाईदिनु नै पर्ने हो डाँडा ?
के हो तेरो यस्तो पारा ?
फूल टिप्दा घोच्छस् त विषालु काँडा
आईय्या ।। भन्दा त हास्छन् देखाउँछस दाह्रा
के हो तेरो यस्तो पारा,, ईर्ष्यालु काँडा ।
– – – –

‘जरा’
जरा विचरा ! विचरा जरा ! कठैबरा !
माटो मुनि आफु किच्चिएर, मिच्चिएर,
थेच्चिएर, पिल्सिएर, निस्सासिएर
सृजना गर्छ डाख्ला, पात, कोपिला, फूल
तर सबैका प्यारा सुगन्धित, सौम्य, सुन्दर फूल
फूलको प्रशंसा, फूलकै कविता, मनदेखि मन्दिरसम्म फूलकै महत्व
न देख्छ कसैले, न कविता लेख्छ कसैले जराको छैन अस्तित्व ।
विचरा जरा ! जरा विचरा ! कठैबरा !

यसमा तपाइको मत

अन्य समाचार