थप १ सय ५० जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १७ हजार ९ सय ९४ पुग्यो

काठमाडौं,
साउन ६ ।

थप १ सय ५० जनामा कोरोना भाइरस ९कोभिड(१९० सङ्क्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १सय ५० थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

उनका अनुसार २४ घन्टामा २७ वटा प्रयोगशालामा ३ हजार ९ सय ६३ परीक्षण भएका छन् । उपत्यकामा काठमाडौंमा ८ र ललितपुरमा १ गरी ९ जना थपिएका छन् ।

नयाँ सङ्क्रमितमा झापाका २, सर्लाहीका ३, उदयपुरका ८, इलामका २, सप्तरीका १, मोरङका ३, धनुषाका २९, महोत्तरीका १३, पर्साका २, चितवनका ५, मकवानपुरका ५, काभ्रेपलाञ्चोकका १, रामेछापका २, कैलालीका ४, काठमाडौंका ८, महोत्तरीका १, नुवाकोटका १, ललितपुरका १, गोरखाका ३, म्याग्दीका ३, स्याङ्जाका ३, बागलुङका ३, नवलपरासीका १, बाँकेका ३, दाङका ३, दैलेखका १०, सल्यानका २, डोटीका ४, बझाङका ४ र कञ्चनपुरका २० जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट ६ सय ९ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको कूल सङ्ख्या १२ हजार ७ सय ७७ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबारसम्म पीसीआर विधिबाट हालसम्म ३ लाख २३ हजार ८ सय ३५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको सङ्ख्या २१ हजार ७ सय ४ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको सङ्ख्या ५ हजार ४ सय ७७ जना रहेको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४० रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार