अविरल वर्षाका देशभरका विभिन्न राजमार्ग र पुल क्षति

काठमाडौं,
साउन ६ ।

आइतबारदेखि भइरहेको अविरल वर्षा र बाढी पहिरोका कारण देशभरका विभिन्न राजमार्ग, सहायक राजमार्ग, पुल, रणनीतिक सडक र ग्रामीण सडकहरुमा ठूलो क्षति पुर्‍याएको छ । सडक विभागका अनुसार विभिन्न खोला र नदीका पुलहरु क्षतिग्रस्त भएका छन् । सडकहरुमा जताततै पहिरो खस्ने र नदीले कटान गर्ने क्रम बाक्लिएपछि सडक विभागले अत्यावश्यक काममाबाहेक राजमार्ग भएर सडकमा यात्रा नगर्न अपील गरेको छ ।

विभागले सडकमा खसेका पहिरो हटाउने र बाढीले क्षति पुर्‍याएका सडक मर्मतको काम गरिररहे पनि पृथ्वी राजमार्गलगायतका मुख्य सडकहरु खुलाउनै समस्या देखिएको छ । सडक विभागका अनुसार काठमाडौं आउजाउ गर्ने मूख्य सडक पृथ्वी राजमार्गको चितवन र धादिङ सीमानामा रहेको मौवाखोला पुलको छेउबाट खोलाले सडक कटान गरेको छ । पुल जोड्ने पहुँच सडक नै कटान गरेर बगेकाले त्यसलाई पुरानो बहावमा फर्काएर सडक मर्मतको काम गर्न समय लाग्ने देखिएको हो ।

बाढी पहिरोको घटनामा परेर हिजो देशका विभिन्न जिल्लाहरुमा कम्तिमा ८ जनाको मृत्यु भएको छ । मुलुकका विभिन्न १२ स्थानमा पहिरो तथा बाढी आएको छ ।

बारा, महोत्तरी, सर्लाही, बाजुरा, संखुवासभा, पाँचथर, कास्की रुकुमपश्चिम अधिवर वर्षापछि आएको बाढीले भौतिक क्षति पुर्‍याएको गृहमन्त्रालयले जनाएको छ । यसैगरी रसुवाको स्याफ्रुबेसी-टिमुरे पासाङल्यामु सकडखण्ड, चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने मुग्लिङ-नारायणघाट सडकखण्डको चारकिलो, लमजुङको मस्र्याङदी गाउँपालिका-४ वेसिशहर मनाङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार