विराटनगर,
साउन २ ।
उत्तरी मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि छुरा प्रहार भएको छ । शुक्रबार कार्यालयमै स्थानीय भवन मल्ल ठकुरीले खुकुरी प्रहार गरेका हुन् ।
गम्भीर घाइते कार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको छ । कार्कीको गर्धन र हातमा चोट लागेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले घटनामा संलग्न ठकुरीलाई पक्राउ गरिएको जनाएको छ । कार्की मोरङ काँग्रेसका प्रवक्ता पनि हुन् ।






