काठमाडौं,
साउन २ ।
नेकपा स्थायी कमिटि बैठक आज बस्ने भएको छ । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।
पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक रोक्ने समझदारी भएको थियो ।
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब कुमार नेपालबीच बिहीबार पार्टीमा देखिएको आन्तरिक विवाद समाधानका लागि भन्दै छलफल भएको थियो । तीन नेताबीचको सो छलफलले कुनै समाधान दिन सकेको थिएन ।
यसअघिका बैठकहरुमा पनि, बैठकअघि दुई अध्यक्षबीच सहमति बनाउन नियमित बैठक बस्दै आइरहेको छ ।






