‘दिलमा सजाउँछु…’ भन्दै आइन काव्य (भिडियोसहित)

काठमाडौं,
साउन १ ।

काव्य आचार्यको स्वरमा रहेको गीत ‘दिलमा सजाउँछु…’ (लालुमै) सार्वजनिक भएको छ । लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको शब्द/सङ्गीत र कृष्ण वि.क.को सङ्गीत संयोजन रहेको तीज गीत ‘दिलमा सजाउँछु…’ (लालुमै)को भिडियो सार्वजनिक भएको हो ।

स्मृति तिम्लिसिना (गुरूआमा)को निर्देशन रहेको गीतको भिडियोमा सृष्टि खडाकासँगै गायिका काव्य र अन्य कलाकारको नृत्य रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

विगत लामो समयदेखि नेपाली गीत सङ्गीतमा थुप्रै गीत मार्फत स्रोता/दर्शकको मन जित्न सफल छिन् काव्य । उनका ‘चरीले गुँड छाडेर गयो…’, ‘किन आज धेरै पछि…’, ‘बाहिर माया देखाएर…’, ‘मन परेको पाएँ भने दिलमा सजाउँछु…’, ‘औंठी चिनो छ, नक्कले कान्छीलाई फिर्ता दिनु छ…’, ‘मासु मिठो भालेको माछा तारेको…’, ‘बाध्यताले छुट्नु परेको…’ ‘टुट्यो माया जाल…’, आऊ नाचौं सङ्गी हो…’ ‘शिरमा सिन्दूर…’, ‘राष्ट्रप्रेम…’लगायत थुप्रै गीत स्रोता/दर्शको अत्यधिक रोजाइमा परेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार