धरानमा वरिष्ठ गायक दीप श्रेष्ठ सम्मानित

धरान,
असार ३० ।

धरानमा वरिष्ठ गायक तथा सङ्गीतकार दीप श्रेष्ठ सम्मानित हुनुभएको छ । होप धरानले आयोजना गरेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा उहाँ सम्मानित भएको हो ।

सम्मानित सँगसँगै उहाँको हातबाट मलद्वार बन्द हुने रोगबाट ग्रसित धरान ६ का ७ वर्षिय बालक प्रशान्त मुदेलको उपचारको लागी आर्थिक सहयोग हस्तान्तरण पनि गरिएको छ । युके स्विडेन हेल्पिङ ह्यान्डसका सोभिन सुब्बाले सङ्कलन गरेको २१ हजार नगद साथमा धरान १५ श्यामचोक व्यवस्थापन समुहबाट ६ हजार ५ सय र केन्ट फेलयर बारटेन्डिङबाट ५ हजार गरी कुल ३२ हजार ५ सय नगद मुदेलका बुवा प्रकाश मुदेललाई प्रदान गरिएको थियो ।

होप धरानले बालकको उपचारको लागी अभियान चलाएकोमा विभिन्न सहयोगीहरुबाट १ लाख ५३ हजार ५ सय ७० रूपैँया सङ्कलन भएको थियो । बालक मुदेलको दोस्रो चरणको शल्यकृया उनको स्वास्थ स्थिती हेरी ६ महिनापछि हुने बताइएको छ ।

सोही कार्यक्रममा नै कोभिड-१९ को सुरूक्षार्थ सुनसरीका पत्रकारहरूका लागी ३ सय थान मास्कसमेत प्रदान गरिएको थियो । उक्त मास्क नेपाल पत्रकार महासङ्घका सहसचिव दिनेश गजमेरले ग्रहण गर्दै सुनसरीका सबै कृयाशिल पत्रकारहरूमा मास्क पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो । हस्तान्तरण कार्यक्रममा होटल एसोसिएसन अफ धरानका अध्यक्ष सरोज भट्टराई, कार्यक्रम संयोजक मेरिन भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार